Like us!
Follow us!
Connect us!
Watch us!

६०० दिनसम्म विद्यालय बन्द !

अर्थ संसार

सोमबार, १७ माघ २०७८, १६ : २७ मा प्रकाशित

६०० दिनसम्म विद्यालय बन्द !

प्रि–स्कुल अनलाइन सुरु गर्दा धरिनी माथुरका छोरा चार वर्षका थिए । ६०० दिनपछि पनि उनी अझै पनि कम्प्युटरको स्क्रिनमा भर्चुअल कक्षा लिइरहेका छन् । उनको कक्षाका साथी र गुरुहरूसँग अहिलेसम्म भौतिक सम्पर्क छैन । कोभिड महामारीका कारण कक्षा कोठा बाहिर अध्ययन गर्ने नयाँ दिल्लीका ४० लाख बालबालिकाहरूमध्ये उनी एक हुन् ।

माथुरका अनुसार जारी विद्यालय बन्दले बालबालिकाको सिकाइ क्षमतामा गम्भीर असर गरेको छ । ‘हाम्रा साना बालबालिकाहरू विद्यालय बाहिर छन् । विद्यालयमा बालबालिकाबीच छलफल हुन सकेको छैन,’ माथुर भन्छिन् ।

देशव्यापी महामारी फैलिएपछि दिल्ली सरकारले मार्च २०२० मा विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । तर, बन्द विद्यालय अझै पूर्णरुपमा खुलेका छैन ।

यसलाई विश्वकै सबैभन्दा लामो समयसम्म बन्द भएकाे विद्यालय मानिएको छ । लामो समयसम्म भौतिक रुपमा सिकाइ नहुँदा गरिबी बढाउने, आय क्षमता घटाउने र लाखौं मानिसहरूमा मानसिक तथा शारीरिक पीडा थपिने चिन्ता बढेको छ ।

दिल्लीमा मात्र न्यून आय भएका अभिभावकका हजारौं बालबालिका छन्, जसले अनलाइन पढ्न ल्यापटपको व्यवस्था गर्न सक्दैनन् । भिडभाड र प्रदूषित वातावरणमा बस्ने उनीहरू शिक्षाबाट बञ्चित हुने खतरा बढेको छ ।

विद्यालय पुनः खोल्न माग गर्दै अगस्टमा माथुरले राज्य सरकारविरुद्ध उजुरी दिएकी थिइन् । झन्डै ६ महिनापछि यसै साता विद्यालय खोल्ने विषयमा दिल्लीका अधिकारीहरूले बैठक आयोजना गरेका थिए ।

महामारीविरोधी कदमलाई सहज पार्ने, सप्ताहन्त बिदामा कर्फ्यू हटाउने र सरकारी कार्यलय खोल्ने निर्णय भए पनि बैठकमा विद्यालय खोल्ने विषयमा कुनै निर्णय हुन सकेको थिएन ।

‘विद्यार्थीका लागि जोखिम भएकोले हामीले विद्यालय बन्द गर्‍याैँ । तर, अत्यधिक सावधानीले हाम्रै बालबालिकालाई असर गरेको छ,’ दिल्लीका उपमुख्यमन्त्री मनिस सिसोड भन्छन् ।

एसियाकै लामो समयसम्म विद्यालय बन्द

विद्यालय बन्दको सवालमा भारत युगान्डापछि दोस्रो देश हो । राष्ट्रसंघले सार्वजनिक गरेको एउटा प्रतिवेदनअनुसार मार्च २०२० देखि अक्टाेबर २०२१ सम्म  भारतमा ८२ साता अर्थात ५७४ दिन विद्यालय बन्द भएको छ । युगान्डामा ८३ सातासम्म विद्यालय बन्द भएको थियो । तर, भारतको विद्यालय बन्दमा देशभर एकरुपता छैन् । प्रतिबन्धबारे राज्यअनुसारको कानुन छ ।  

मार्च २०२१ मा भारत सरकारले एउटा विवादास्पद विद्येयक पारित गरेर सम्पूर्ण कार्यकारी निर्णय अनुमोदन गर्ने अधिकार गर्भनरलाई दिइएको छ । 

सन् २०२० को मार्चमा पहिलो पटक बन्द भएपछि दिल्लीका विद्यालय वर्षैभर बन्द भएका थिए । सन् २०२१ को सुरुमा केही समय पुनः सञ्चालनमा आएका विद्यालय सोही वर्षको अप्रिलमा कोभिडको दोस्रो लहरसँगै फेरि बन्द भएका थिए । 

कोभिड संक्रमण स्थिर भएपछि पुनः सञ्चालनमा आएका विद्यालय वायु प्रदूषणको कारण दर्शाइ डिसेम्बरमा बन्द गरिएका थिए । कोभिडको नयाँ भेरियन्टदेखिपछि जनवरीदेखि फेरि बन्द छन् । लगातारको विद्यालय बन्दको परिणाम डरलाग्दो हुने गैरनाफामुखी संगठन टिच फर इन्डियाका शहिन मिस्त्री बताउँछन् । एजेन्सी
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको