Like us!
Follow us!
Connect us!
Watch us!

७ कम्पनीको साधारण सभा हुँदै, कुनको कति लाभांश ?

अर्थ संसार

बुधबार, १९ माघ २०७८, १३ : ३७ मा प्रकाशित

७ कम्पनीको साधारण सभा हुँदै, कुनको कति लाभांश ?

विभिन्न ७ वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । जसमध्ये, ५ वटा कम्पनीकाे लाभांश प्रस्ताव रहेकाे छ । बाँकी २ वटा कम्पनीले भने लाभांश प्रस्ताव गरेका छैनन् । 

साधारण सभा हुन लागेकाे कम्पनीहरूकाे विवरण यस प्रकारकाे छ : 

१. एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभा माघ २१ गते, (शुक्रबार) एशियन लाईफ भवन, मैतीदेवी, काठमाडाैँमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लाभांश वितरण तथा साधारण सभा प्रयोजका लगि कम्पनीले माघ १२ गते बुकक्लोज गरेको थियाे । त्यसैले, माघ ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

२. प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औँ वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार प्रिमियर भवन नक्साल काठमाडौँमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीका शेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले ५ माघदेखि २१ गतेसम्म बुक क्लोज गरेकाे छ । त्यसैले, ४ माघसम्म कायम सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

३. ग्रीन लाईफ हाइड्रोपावर कम्पनी लिमिटेड

ग्रीन लाईफ हाइड्रोपावर कम्पनी लिमिटेडकाे बाह्राैँ वार्षिक साधारण सभा माघ २१ गते, शुक्रबार आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लागी लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लागी सञ्चालक समितिले निर्णय गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट पाैष ५ मा नियुक्त भएका लेखापरीक्षक छितिज शर्मा एण्ड एशोसिएट्सका लेखापरिक्षक सि.ए. छितिज शर्माको नियुक्ती तथा पारिश्रमिक अनुमोदन गर्ने, सञ्चालकहरुको पारिश्रमिक अनुमोदन गर्ने, सञ्चालकहरुको बैठक भत्ता सिफारिस गर्ने, कम्पनीको संस्थापक समूह "क" बाट ५ जना तथा सर्वसाधारण समूह "ख" बाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्तावहरू सभामा पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि माघ ९ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले माघ ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

४. ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथोँ वार्षिक साधारण सभा फाल्गुन ६ गते शुक्रबार वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरमा बिहान ११ बजेबाट सुरु हुने छ । उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले २४ माघमा बुकक्लोज गर्नेछ । त्यसैले, २३ माघसम्म कायम सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

५. अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकाे चौँथो वार्षिक साधारण सभा फागुन ६ गते शुक्रबार युनाईटेड वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वर काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले २४ माघमा बुक क्लोज गर्नेछ । यसअनुसार २३ माघसम्म कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।

६. जानकी फाइनान्स कम्पनी लिमिटेड

जानकी फाइनान्स कम्पनी लिमिटेडकाे २५औँ वार्षिक साधारण सभा फागुन ७ गते, होटल मानकी इन्टरनेशनल, शिवचौक, जनकपुरधाममा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि २४ गतेदेखि फागुन ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

७. लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड

लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको वार्षिक साधारण सभा  फागुन ११ गते एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले २४ माघमा बुकक्लोज गर्नेछ । यसअनुसार २३ माघसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको