नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा १३ करोड १६ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७७.३२ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ७ करोड ४२ लाख २८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी ३५.७० प्रतिशतले बढेर ३३ करोड ६५ लाख ४२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २४ करोड ८० लाख ८ हजार रूपैयाँ रहेको थियो ।
दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा भने ११.२८ प्रतिशतले घटेर १० करोड ४५ लाख २८ हजार पुगेको छ । गत वर्ष संस्थाले ११ करोड ७८ लाख २२ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ६० करोड रुपैयाँ र जगेडा कोषमा ६३ करोड ३३ लाख ९० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४३ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ५७ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस