Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली डेभलपमेन्ट बैंकले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

विहीबार, २० माघ २०७८, १२ : ०३ मा प्रकाशित

कर्णाली डेभलपमेन्ट बैंकले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । बैंककाे माघ १८ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे सत्राैँ वार्षिक साधारण सभा फागुन २० गते, शुक्रबार कल्पतरू हाेटल, नेपालगञ्ज र विद्युतिय माध्यम जुमबाट एकसाथ दिउँसाे १ बजेदेखि सुरू हुनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ काे वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/०७७ को नाफा नोक्सान, वासलात तथा नगद प्रवाह विवरण सम्बन्धी अनुसूची उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लागी लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि माघ २८ गतेदेखि फागुन २० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले माघ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको