Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद समायोजनपछिको मूल्य कति ?

अर्थ संसार

विहीबार, २० माघ २०७८, १६ : ५५ मा प्रकाशित

शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद समायोजनपछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीकाे ३० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ५० रूपैयाँ ७७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ९ सय ८६ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

त्यसैगरी, रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

61fbb8d467fee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको