Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको २०औँ साधारणसभा आह्वान, बोनस सेयर प्रस्ताव अनुमोदनको तयारी

अर्थ संसार

मंगलबार, २२ माघ २०८१, ०८ : ५४ मा प्रकाशित

शिखर इन्स्योरेन्सको २०औँ साधारणसभा आह्वान, बोनस सेयर प्रस्ताव अनुमोदनको तयारी

शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औँ वार्षिक साधारणसभा फागुन १३ गते गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले साधारणसभा काठमाडौं, थापाथलीस्थित शिखर बिज सेन्टरमा बिहान ११ बजे आयोजना गर्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गरिनेछ। जसमा १० प्रतिशत बोनस सेयर (२६ करोड ५४ लाख ९४ हजार ७२० रुपैयाँ) तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश (१ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ) समावेश छ।

साधारणसभाले नियमावली र प्रबन्धपत्र संशोधन, वार्षिक तथा लेखापरीक्षक प्रतिवेदन अनुमोदन गर्नेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरिनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ३० गतेदेखि सभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअन्तर्गत माघ २९ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको