Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा शिखर इन्स्याेरेन्सकाे सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

सोमबार, १६ माघ २०७९, १६ : १० मा प्रकाशित

नेप्सेमा शिखर इन्स्याेरेन्सकाे सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ ।

कम्पनीकाे १६ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय ८ रूपैयाँ ६२ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले साेमबारकाे अन्तिम काराेबार मूल्य ९ सय ३८ रूपैयाँका आधारमा मूल्य समायाेजन गरेकाे हाे ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १७ औँ र १८ औँ वार्षिक साधारण सभा माघ २५ गते, बुधबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका  सेयरधनीहरूलाई  हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

 

63d79c648b6c6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको