शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको बीमा क्षेत्रमै नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीले गत आर्थिक बर्षमा कुल ५ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
सन् २००४/०५ को आर्थिक बर्षमा कुल १३ करोड कुल बीमा शुल्कबाट सरु भएको शिखरको यात्रा गत आर्थिक बर्षसम्म ५०० करोड कुल बीमा शुल्क कलेक्सन गर्ने पहिलो बीमा कम्पनी बन्न सफल भएको हो । कम्पनीको यस्तो आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा २६.१९ प्रतिशतले बढेको हो ।
गत आर्थिक बर्षमा कम्पनीले २ करोड ६२ लाख वटा पोलिसी मार्फत ५ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । त्यस्तै कम्पनीले सोहि अवधिमा ३०० करोड रुपैयाँँ बराबरको दाबि भुक्तानी गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस