Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सले गर्याे लाभांश घाेषणा, कस्ताे छ १० वर्षदेखिकाे लाभांश इतिहास ?

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, ११ : १९ मा प्रकाशित

शिखर इन्स्योरेन्सले गर्याे लाभांश घाेषणा, कस्ताे छ १० वर्षदेखिकाे लाभांश इतिहास ?

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

कम्पनीकाे हिजाे मंसिर २९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे १६ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

उक्त लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीकाे वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १० वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४० प्रतिशत बाेनस र २.१ प्रतिशत नगद गरि कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २४ प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २५.२६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा पनि कम्पनीले आफ्ना सेयरधनीहरूलाई ६० प्रतिशत बाेनस र ३.१६ प्रतिशत नगद गरि कूल ६३.१६ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २९ प्रतिशत बाेनस र १.५३ प्रतिशत नगद गरि कूल ३०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २७.७६९ प्रतिशत बाेनस र १.४६२ प्रतिशत नगद गरि कूल २९.२३१ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

१०. आर्थिक वर्ष २०७७/७८ : गत आर्थिक वर्षमा भने कम्पनीले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गरेकाे थिएन ।

639c040ad37b5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको