शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ।
कम्पनीले आगामी साधारण सभा र लाभांश वितरणको लागि माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । जस अनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न पाउनेछन्।
इन्स्योरेन्सले फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रीय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा आफ्नो २०औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। यो सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै, सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालन समितिलाई अधिकार दिने, रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, र लेखापरीक्षक नियुक्त गर्ने जस्ता प्रस्तावहरू पनि पारित गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस