Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

अर्थ संसार

विहीबार, २० माघ २०७८, १८ : २८ मा प्रकाशित

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

 नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्कोे बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।

नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको हो ।

रिक्त पदका लागि माग गरिएको आवदेनमा कार्की सहित ११ जनाले आवेदन दिएका थिए । जसमध्ये विभिन्न चरणमा छनौट गर्दै कार्की सहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गरिएको छ । सोही मध्येबाट मन्त्रिपरिषदको बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो पाल्पाका कार्की उपसचिवबाट सेवा निवृत्त सरकारी कर्मचारी हुन्  ।

 नेप्से पछिल्लो ६ महिनादेखि नेतृत्त्व बिहिन अवस्थामा थियो । पदबाट चन्द्र सिंह साउदले २०७८ भदौ ८ गते राजिनामा दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको