Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स इन्भेष्टमेन्टले हकप्रद निष्कासन गर्ने, डाक्याे साधारण सभा

अर्थ संसार

आइतबार, २३ माघ २०७८, ०७ : ४२ मा प्रकाशित

पिपुल्स इन्भेष्टमेन्टले हकप्रद निष्कासन गर्ने, डाक्याे साधारण सभा

पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको माघ १७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभा फागुन १८ गते, बुधबार, पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, काठमाडौंमा बिहान १०:३० बजेबाट सुरू हुनेछ । 

सभामा चुक्ता पूँजीको १:०.३० अनुपातमा अर्थात ३० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृत गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने १४ औँ वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ आषाढ मसान्तको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण कार्यको लागि लेखा परिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको नियमावली बमोजिम ७ जना सञ्चालक समितिको निर्वाचन गर्ने सामान्य प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, सभाले कन्चनजंघा हाउजिङ लिमिटेड र पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेड दुवै कम्पनीहरु एक आपसमा गाभ्ने/मर्जर गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णयहरु तथा १३ औँ वार्षिक साधारणले गरेको निर्णयहरु बदर गर्ने, कम्पनी ऐन २०६३ को दफा ६० बमोजिम सञ्चालक समितिबाट पेश गरेको रणनीतिक योजना पारित गर्ने, ऋणपत्र निष्कासन गर्ने, यस कम्पनीको लीज सम्पत्ति बिक्री गर्ने, कम्पनीको रजिष्टर कार्यालय परिवर्तन गर्न तथा परिवर्तित ठेगाना अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको प्रबन्धपत्रको दफा ८ को उपदफा (छ) को १ मा थप प्रस्ताव गरिए बमोजिम संशोधन गर्ने, हकप्रद सेयर निष्कासन पछि चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही बमोजिम प्रबन्ध पत्र नियमावलीमा संशोधन गर्ने , प्रबन्धपत्र तथा नियमावलीको नियमनकारी निकायबाट कुनै फेरबदल सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरू पारित गर्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61ff2cebd3591.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको