Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाईफको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

आइतबार, २३ माघ २०७८, ११ : १२ मा प्रकाशित

ज्योति लाईफको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (माघ २३ गते, आइतबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि माघ २४ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीकाे चौथोँ वार्षिक साधारण सभा फाल्गुन ६ गते शुक्रबार वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको