Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलाई बाबुरामकाे कटाक्ष : भित्र खाओवाद, बाहिर माओवाद !

अर्थ संसार

सोमबार, २४ माघ २०७८, ०७ : ५८ मा प्रकाशित

प्रचण्डलाई बाबुरामकाे कटाक्ष : भित्र खाओवाद, बाहिर माओवाद !

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' माथि कटाक्ष गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेकाे पत्र बाहिरिएपछि भट्टराईले 'भित्र खाओवाद, बाहिर माओवाद' भनेका छन् । 

कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशाेधन बिना पारित गर्न नहुने पक्षमा छ । तर, प्रचण्डसमेतले एमसिसी पारितकाे समय माग गरेकाे खुलेकाे थियाे ।

नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

'भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन। MCCजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है!,' भट्टराईले लेखेका छ्न् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको