Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियममा आईपीओ ल्याउन लागेको रिलायबल लाइफको कस्तो छ वित्तीय अवस्था ?

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, १५ : ४३ मा प्रकाशित

प्रिमियममा आईपीओ ल्याउन लागेको रिलायबल लाइफको कस्तो छ वित्तीय अवस्था ?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ०७८/०७९ को दाेश्राे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा १.४६ प्रतिशतले बढेर १८ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क बढेर १ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क १ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।

हाल कम्पनीकाे चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ र जगेडा काेषमा १ अर्ब ६० लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे जीवन बीमा काेषको आकार ८९.२८ प्रतिशतले बढेर ३ अर्ब ६१ करोड रुपैयाँ पुगेकाे छ ।

त्यसैगरी, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७९ पैसा र कम्पनीकाे प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ८५ पैसा रहेको छ ।

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अंकित मूल्य १०० रूपैयाँमा थप ११२ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १२ गते सेबोनमा निवेदन पेश गरेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

620240e98903a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको