आईपीओको आवेदनमा नयाँ रेकर्ड कायम भएकाे छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि आज (माघ २५ गते, मंगलबार) सम्म निष्कासन गरेकाे आईपोओमा २७ लाख बढीले आवेदन दिएका छन् ।
निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मंगलबार ५ बजेसम्ममा २७ लाख ४ हजार जना आवेदकहरूले ३ करोड ३० लाख ७२ हजार ९१० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदनकाे संख्या सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ६७ गुणा भन्दा बढी हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन पाउँथे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस