Like us!
Follow us!
Connect us!
Watch us!

पशुपति मन्दिर शुक्रबारदेखि खुला गरिने

अर्थ संसार

विहीबार, २७ माघ २०७८, ०७ : ०४ मा प्रकाशित

पशुपति मन्दिर शुक्रबारदेखि खुला गरिने

शुक्रबारदेखि दर्शनार्थीका लाागि बन्द पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पुजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको विकास कोषले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । 

विश्‍व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषले जारी गरेको सूचनामा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको