Like us!
Follow us!
Connect us!
Watch us!

एसईईकाे परीक्षा तालिका सार्वजनिक, हेर्नुस् कुन दिन कुन विषय ?

अर्थ संसार

विहीबार, २७ माघ २०७८, ०८ : ४२ मा प्रकाशित

एसईईकाे परीक्षा तालिका सार्वजनिक, हेर्नुस् कुन दिन कुन विषय ?

आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई) घाेषणा गरेकाे राष्ट्रिय परीक्षा बाेर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेकाे छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएकाे बताए । 

तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने तालिकामा उल्लेख छ ।

११ वैशाखमा अनिवार्य गणित र १२ मा अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।

कोरोना महामारीका कारण कारण अघिल्ला दुई वर्ष भने एसईई भएको थिएन । विद्यालयको आन्तरिक मूल्यांकनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको