नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ८० जनाकाे परिक्षण गर्दा एक हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । याे सँगै सक्रिय संक्रमितकाे संख्या २९ हजार ४ पुगेकाे छ ।
त्यसैगरी, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यस अवधिमा २ हजार २ सय ३८ जना डिस्चार्ज भएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस