Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफको नाफासँगै घट्यो ईपीएस, अरु सूचक के भए ?

अर्थ संसार

शनिबार, २९ माघ २०७८, १८ : ५७ मा प्रकाशित

नेपाल लाइफको नाफासँगै घट्यो ईपीएस, अरु सूचक के भए ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको २०७८/०७९ को दाेश्राे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ६९.६४ प्रतिशतले घटेर १३ करोड ४ लाख ९९ हजार रुपैयाँमा सिमित भएकाे छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ९७ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ५.९८ प्रतिशतले बढेर १८ अर्ब ११ करोड ३ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीकाे बीमा शुल्क १७ अर्ब ८ करोड ७६ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीकाे चुक्ता पुँजी ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ र जगेडा कोषमा एक अर्ब ७५ करोड २५ लाख २३ हजार रुपैयाँ सञ्चित रहेको छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रूपैयाँ ९४ पैसाबाट घटेर ३ रूपैयाँ ६२ पैसामा झरेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात ४७३.६६ गुणा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको