अबदेखि ग्लोबल आइएमई बैंक लिमिटेडले पनि सिआस्वा शुल्क लिने भएकाे छ ।
यसअघि निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेकाे बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत १५ रूपैयाँ लिने भएकाे हाे । बैंकले फागून ४ गतेदेखि लागू हुने गरी धितोपत्र खरिद (सार्वजनिक निष्कासन) मा प्रति आवेदन १५ रूपैयाँ शुल्क निर्धारण गरेकाे हाे ।
बैंकले एक सूचना प्रकाशन गर्दै यसबाट ग्राहकहरुमा कुनै असुविधा पर्न गएमा क्षमाप्रार्थी मागेकाे छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस