Like us!
Follow us!
Connect us!
Watch us!

आईपिओ नपरेर लगानीकर्ता दिक्क, कमाएको नाफा बैंकको सी-आस्बा शुल्कमै ठिक्क !

अर्थ संसार

मंगलबार, २२ असार २०७८, १६ : १६ मा प्रकाशित

आईपिओ नपरेर लगानीकर्ता दिक्क, कमाएको नाफा बैंकको सी-आस्बा शुल्कमै ठिक्क !

आईपिओमा आवेदन गर्ने लगानीकर्ताहरुको संख्यामा उल्लेखिय बृद्धि भएसंगै लगानीकर्ताहरु आईपिओ नपरेर दिक्क परिरहेकाछन् । यो आवेदन गर्न सुरु गरेबाट अहिले सम्म १-२ वटा कम्पनीहरुको मात्र आईपिओ परेको छ त्यहि पनि बैंकहरुलाई तिर्नुपर्ने सी-आस्बा शूल्कमै ठिक्क भएको गुनासो लगानीकर्ताहरुको छ ।

लगानीकर्ताहरुले बैंक मार्फत सेयरको आवेदन गर्दा कतिपय बैंकहरुले निशुल्क सेवा दिईरहँदा कतिपय बैंकहरुले भने ग्राहकलाइ लुटिरहेको पाइएको छ । 

लगानीकर्ताहरुबाट सिआस्वा शुल्क वापत सबैभन्दा चर्को सेवा शुल्क असुल्ने बैंकमा स्ट्यान्डर्ड चाटर्ड बैंक रहेको छ । बैंकले ग्राहकबाट एक पटक सेयर आवेदन गर्दा १०० रुपैयाँ शुल्क लिने गरेकोे छ । सबैभन्दा कम शुल्क भने प्रभु बैंकले लिने गरेको छ । बैंकले एक पटक सेयर आवेदन गर्दा १ रुपैयाँ मात्र शुल्क लिने गरेको छ । 

हाल नेपालका जम्मा २७ वटा वाणिज्य बैंकहरु मध्यमा १० वटा वाणिज्य बैंकहरुले लगानीकर्ताहरुलाई निशुल्क सिआस्वा सेवा प्रवाह गरिरहेका छन् भने बाँकि १७ वटा बैंकहरुले लगानीकर्ताहरुबाट सिआस्वा शुल्क लिईरहेका छन् । 

कतिपयले निशुल्क रुपमा नै प्रवाह गरिरहेको सेवा मा कतिपय बैंंकहरुले मनपरी शुल्क असुल्दा समेत नियामक निकाय नेपाल राष्ट्र बैंक भने बेखबर जस्तै जेखिएको छ ।

सी-आस्बा सेवा हाल सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुले दिन्छन् । जसमध्ये १० वटा वाणिज्य बैंकले निःशुल्क सी-आस्बा सेवा ग्राहकलाई दिइरहेका छन् भने १७ वटा वाणिज्य बैंकहरुले शुल्क लिएर यस्तो सेवा प्रदान गर्ने गरेका छन् । शुल्क लिने बैंकबाट सेयर अर्थात् आईपीओ भर्दा सेयर परे पनि नपरे पनि लगानीकर्ताले आवेदन वापतको सेवा शुल्क तिर्नुपर्ने हुन्छ ।

सी-आस्बा सेवा वापत प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल बंगलबादेश बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, बैंक अफ काठमाण्डू, कृषि विकास बैंक र सनराइज बैंकमा खाता रहेका लगानीकर्ताले सेयरमा आवेदन दिँदा बैंकलाई प्रति आवेदन १० रुपैयाँ बुझाउनुपर्नेछ ।

त्यसैगरी, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, हिमालयन बैंक र कुमारी बैंकमा खाता रहेकाहरुले २० रुपैयाँ सी-आस्बा तिर्नुपर्नेछ छ । लक्ष्मी बैंक र नेपाल एसबिआई बैंकमा खाता रहेका लगानीकर्ताले प्रतिआवेदन २५ रुपैयाँका दरले सिआश्वा सेवा शुल्क बुझाउनु पर्नेछ ।

अहिले कम्पनीले जारी गर्ने आईपिओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या ह्वात्तै बढेका् छ भर्खरै मात्र आईपिओ निष्कासन गरेको जीवन विकास लघुवित्तको आईपीओमा सबैभन्दा धेरै लगानीकर्ताहरुको आवेदन परेको थियो । संस्थाको आईपीओमा २० लाख ८४ हजारभन्दा बढी आवेदकले आवेदन दिएका छन् । 

अघिल्लो बर्ष २०७७ मा १८ वटा कम्पनीले आईपिओ जारी गरेका थिए । न्यूनतम १० रुपैयाँ शूल्क लिने बैंकहरुबाट आवेदन दिने लगानीकर्ताहरुले पनि अघिल्लो बर्ष १८० रुपैयाँ सिआश्वा शुल्क तिरेकाछन् । अहिले आवेदन दिने लगानीकर्ताहरुको संख्या बढेसंगै आईपिओ पाउन भाग्य कै भर पर्नुपर्ने अवस्थामा आईपिओ नपरेपनि सी-आस्बा शुल्कमै राम्रो रकम तिर्नुपर्ने अवस्था देखिन्छ । 

बैंकहरुको मनपरि शुल्कका बिषयमा के भन्छ राष्ट्र बैंक ?

बैंकहरुको मनपरि शुल्कका बिषयमा अर्थसंसारले केहि समय अघि नेपाल राष्ट्र बैंक संग गरेको कुराकानीमा राष्ट्र बैंकले विभिन्न बैंक तथा बित्तिय संस्थाहरुले ऋण सेवा प्रदान गर्दा लिने सेवा शुल्कलाई कडाइका साथ नियन्त्रण र नियमन गरेको तर बैंकहरुले बिभिन्न शिर्षकमा लिने सेवा शुल्कहरुलाई भने सके सम्म न्युनतम शुल्कमा सेवा दिन र्निदेशन गरेको भएता पनि कुनै निश्चित अंक तोकेर त्यति मै सेवा दिन र्निदेशन नगरिएको स्पष्ट पारेको थियो ।

राष्ट्र बैंकका अनुसार अहिलेको प्रतिस्पर्धात्मक अवस्थामा बैंक तथा बित्तिय संस्थाहरु आफैले सकेसक्म न्युनतम शुल्कमा सेवा प्रदान गर्न सके त्यो स्वयम बैंकहरु कै लागि पनि फलदायी हुने र सबै अवस्थामा राष्ट्र बैंकले बैंकहरुले लिने सेवा शुल्कमा हस्तक्षेप गर्न नमिल्ने भएतापनी परस्थिती अनुसार भने कुनै सेवा शुल्कमा भने कडाइ गर्न सकिने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको