Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

बुधबार, ०४ फागुन २०७८, ०८ : ४३ मा प्रकाशित

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड

एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले माघ ३ गते, साेमबारबाट माघ १७ गतेसम्म प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेकाे थियाे । 

कुल २० लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता र सर्वसाधारणका लागि ८ लाख कित्ता  बिक्री गरेकाे थियाे । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियाे ।

कम्पनीकाे सञ्चालक समितिले उक्त अवधिभर रितपूर्वक प्राप्त भएका आवेदनहरूबाट ८ लाख ५६ हजार ७ सय ८३ कित्ता ऋणपत्र फागुन ३ गते, मंगलबार बाँडफाँड गरेकाे हाे ।

बैंककाे ऋणपत्रमा निष्कासन तथा बिक्री प्रवन्धककाे काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे थियाे । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :  

620c68b82aac3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको