Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको छिमेक लघुवित्तको सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, ०८ : ४८ मा प्रकाशित

बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको छिमेक लघुवित्तको सेयर बिक्रीमा, मूल्य कति ?

बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर आज (फागुन ५ गते, बिहीबार) बाट बोलकबोल माध्यमबाट बिक्री खुल्ला गरिएकाे छ। संस्थाकाे ६ लाख ६ हजार एक सय ४० कित्ता सेयर बोलकबोल माध्यमबाट बिक्री खुल्ला गरिएकाे हाे ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले चैत्र ९ गतेसम्म न्युनतम २ हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, संस्थाकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम  बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक  बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड, नक्साल, काठमाडाैँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

620dbb6755647.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको