Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बटम लाग्दै, आगामी साता बजारमा हरियाली (प्राविधिक विश्लेषण)

अर्थ संसार

शनिबार, ०७ फागुन २०७८, १५ : ५३ मा प्रकाशित

प्राविधिक विश्लेषक अजय सिंह थापाले आगामी साता बजार सकारात्मक नै रहने बताएका छन् । अर्थ संसारसँगको कुराकानीमा थापाले नेप्से बटम लाग्दै गरेकाे बताएका हुन् ।

उनले भने, "१८ जेनेवरीदेखि १७ फेब्रुअरीसम्म एक महिनाकाे लामाे करेक्सन भइसकेकाे छ । अब करेक्सनकाे लगभग अन्तिम-अन्तिम विन्दुमा आइसकेकाे छ । अब हामीले आगामी हप्तामा के हेर्न सक्छाैँ भने १ दिन अथवा २ दिन मार्केट घटेर जान सक्ने सम्भावना देखिन्छ । आइतबार अलि धेरै घट्ने हाे भने मार्केट साेमबारदेखि नै बाउन्स हुन सक्याे । आइतबार अलि थाेरै घट्याे भने साेमबार मंगलबारदेखि चैँ मार्केट बुलिस जाने देखिन्छ । अब करेक्सनकाे एकदमै बटममा आइसकेकाे छ । करेक्सनकाे अन्तिम क्षणहरूमा छ । अब एकुमुलेट गर्नुपर्ने समय छ ।"

आगामी साताबाट मार्केट बुलिसमा जाने र र्यापिड ग्राेथ आउने आफ्नाे अनुमान रहेकाे उनी बताउँछन् । 

याे साता सेयर बजार समग्रमा सुखद रहेन । यस साता नेप्से परिसूचक २.४६ प्रतिशतले घटेर २७३२.५१ विन्दुमा झरेकाे छ । यस सता औषतमा दैनिक ३ अर्ब ६३ कराेड बराबरको मात्रै सेयर कारोबार भएको थियाे । यस साता नेप्सेमा सूचिकृत १३ उपसमूहमध्ये अन्य उपसमूह बाहेक बाँकी सबै उपसमूहहरू घटे ।

प्राविधिक विश्लेषक अजय सिंह थापासँग गरिएको कुराकानीको भिडियो हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको