Like us!
Follow us!
Connect us!
Watch us!

स्याउका बिरुवा निर्यात गर्दै जुम्ला

अर्थ संसार

सोमबार, ०९ फागुन २०७८, १२ : ४१ मा प्रकाशित

स्याउका बिरुवा निर्यात गर्दै जुम्ला

जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् । चन्दननाथ नगरपालिका-८ का  हरिबहादुर  रोकायाले २४ हजार वटा बिरुवा बेचेका छन् । उनले ११ हजार बिरुवा हुम्लाको लागि  र १३ हजार बिरुवा बाजुराको लागि  बेचेका हुन् । 

सिर्जनशील फलफूल नर्सरी चलाउँदै आएका उनले भने, 'हुम्लाको  सिमिकोटको लागि माग आएको थियो । त्यही मागको आधारमा यस पटक ११ हजार बिरुवा पठाएँ ।  मेरो नर्सरीमा ४० देखि ५० हजारसम्मको बिरुवा छ ।' 

उनले स्याउ नर्सरीबाट वार्षिक चार लाखसम्मको आम्दानी हुने गरेको छ । रोकायाकाे स्याउका बिरुवा गुणस्तरीय रहेकाे भन्दै विभिन्न ठाउँबाट माग आएको दाबी गर्छन् । जुम्लाबाट हवाइजहाजमार्फत स्याउका बिरुवा हुम्लामा पुर्‍याउने गरिएको छ । 

जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाइ मार्गबाट बिरुवा हुम्ला जाने गरेको रोकायाले बताए । उनले भने, 'स्याउका प्रतिबिरुवा ७७ रुपैयाँसम्म पर्ने गरेको छ ।' रेड, रोयल डेलिसियस, गोल्डेन र जनार्थन जातका स्याउका बिरुवा  बेच्ने गरेको  रोकाले बताए । ।

४९ हजार बिरुवा निर्यात 

जुम्लाको स्याउका बिरुवा बझाङ, बाजुरा, दैलेख, अछाममा, अर्घाखाँची, हुम्ला, कलीकोट र जाजरकोटसम्म निर्यात हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जुम्लाबाट बाहिर जिल्ला निर्यात गर्दा कुनै समस्या नहोस् भन्नका लागि  कृषि विकास कार्यालयले सिफारिस दिने गरेको  बागवानी शाखाका प्रमुख सुष्मा बुढाले बताइन् । बुढाका अनुसार  यस वर्ष मात्र ४९ हजार स्याउ र ओखरका बिरुवा जुम्लाबाट निर्यात भएका छन ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको