Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आयोगका पदाधिकारीसहित १ लाख १० हजार जनाको दुर्घटना बिमा गरिँदै

अर्थ संसार

बुधबार, ११ फागुन २०७८, ०८ : १० मा प्रकाशित

निर्वाचन आयोगका पदाधिकारीसहित १ लाख १० हजार जनाको दुर्घटना बिमा गरिँदै

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिनेगरी १ लाख १० हजार ७१३ जनाको सामुहिक दुर्घटना बिमा गरिन लागिएको हो । सामूहिक दुर्घटना बिमा २० लाखको रहनेछ ।

आयोगले त्यसका लागि प्रस्ताव आह्वान गरेको छ । बिमा शुल्क र प्रस्तावका आधारमा आयोगले उपयुक्त बिमा कम्पनीमार्फत् बिमा गर्नेछ ।
५० प्रतिशतभन्दा बढी स्वेशी स्वामित्व भएका तथा कालोसूचीमा नपरेका कम्पनीलाई १६ फागुनभित्र प्रस्ताव पेस गर्न भनिएको छ ।

क-कसको हुँदैछ बिमा ?
आयोगका अनुसार ९ सय जनाको १०४ दिनको बिमा हुँदैछ ।  जसमा निर्वाचन आयोगका सबै पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारी, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारी (काज, स्थायी र करारसमेत) पर्छन् ।

त्यस्तै,  ६ हजार ७७७ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीको बिमा हुनेछ । उनीहरूको बिमा भने ७० दिनको मात्र हुनेछ ।

९४ हजार कर्मचारीको १५ दिने बिमा हुनेछ । जसमा मतदान केन्द्रमा खटिने कर्मचारी पर्छन् । मतगणनामा खटिने ९ हजार ३६ कर्मचारीको भने १० दिनको बिमा हुनेछ । 

62159cf221147.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको