Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह

अर्थ संसार

बुधबार, ११ फागुन २०७८, १४ : ५५ मा प्रकाशित

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह

परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई नेपाल फर्कन आग्रह गरेको छ । युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको हो । 

साथै, अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नजान समेत मन्त्रालयले विज्ञप्तीमार्फत अनुरोध गरेको छ।

युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिनले युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी मन्त्रालयले दिएको छ । त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न आग्रह गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको