Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकले थप्याे दुई वटा नयाँ शाखा

अर्थ संसार

विहीबार, १२ फागुन २०७८, १४ : ५५ मा प्रकाशित

सेञ्चुरी बैंकले थप्याे दुई वटा नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा फागुन १२ देखि काठमाण्डौंको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले टेकु शाखा र संचालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखा समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका संचालक मनबहादुर राई, सुनिल न्यौपाने, प्रा.डा. गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

टेकु र पेप्सीकोलामा थप दुई शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २५ पुगेको छ ।

देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यस अघि बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १२८ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २५ शाखारहित बैंकिङ्ग र १०७ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको