Like us!
Follow us!
Connect us!
Watch us!

'एनएमबि सरल बचत फन्ड - ई' काे ३ वटा वाणिज्य बैंकमा लगानी, न्याभ कति छ ?

अर्थ संसार

विहीबार, १२ फागुन २०७८, १६ : ३७ मा प्रकाशित

'एनएमबि सरल बचत फन्ड - ई' काे ३ वटा वाणिज्य बैंकमा लगानी, न्याभ कति छ ?

एनएमबि क्यापिटल लिमिटेड अन्तर्गत सञ्चालित 'एनएमबि सरल बचत फन्ड–ई' ले २०७८ माघ मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेको छ ।  

माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ३८ पैसा कायम भएको छ । पाैष मसान्तमा यो फण्डको न्याभ १० रुपैयाँ ६२ पैसा रहेको थियो । पाैष मसान्तको तुलनामा फण्डको प्रतिइकाई खुद सम्पति मूल्य २४ पैसाले घटेकाे हाे ।

सो अवधिमा फण्डले सूचीकृत सेयरमा ३१ करोड ३२ हजार रुपैयाँ लगानी गरेको छ । पाैष मसान्तसम्मा फण्डले ३२ करोड ६० लाख रुपैयाँ लगानी गरेको थियो । 

फण्डको बैंक मौज्दात बढेर १४ करोड ४१ लाख रुपैयाँ पुगेको छ । फण्डले कुल १२ वटा कम्पनीकाे सेयरमा लगानी गरेकाे छ । जसमध्ये, ३ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, ३ वटा लघुवित्त र ४ वटा इन्स्याेरेन्स कम्पनी रहेका छन् । 

फण्डले सार्वजनिक गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

6217650e6086d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको