४ वटा कम्पनीको सेयर लिलामी (आज) शुक्रबार देखि बिक्री खुल्ला भएको छ । प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले शुक्रबारदेखि आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको २ लाख २१ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला भएको हो ।
कम्पनीले नेसनल लाइफ इन्सुरेन्सको १ लाख, नेपाल लाइफ इन्सुरेन्सको ५० हजार, आइसीएफसी फाइनान्सको ४८ हजार र नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता सेयर लिलामीमा ल्याएको हो ।
जसमा लगानीकर्ताले नेसनल लाइफको सेयरमा न्यूनतम ३९० रुपैयाँ, नेपाल लाइफ इन्सुरेन्सको सेयरमा ९०० रुपैयाँ, आइसीएफसी फाइनान्सको सेयरमा १९५ रुपैयाँ र नेपाल ग्रामीण विकास लघुवित्तको सेयरमा ३७५ रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस