Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी उन्नति कोषको न्याभ घट्याे, सेयर लगानी कति ?

अर्थ संसार

शुक्रबार, १३ फागुन २०७८, ११ : ५४ मा प्रकाशित

लक्ष्मी उन्नति कोषको न्याभ घट्याे, सेयर लगानी कति ?

लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले २०७८ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

माघ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १२ रुपैयाँ ५२ पैसामा सिमित भएको छ । उक्त मूल्य पाैष मसान्तकाे तुलनामा २२ पैसाले थाेरै हाे । पाैष मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १२ रुपैयाँ ७४ पैसा रहेकाे थियो ।

त्यसैगरी, माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ४६ करोड ९८ लाख रुपैयाँमा झरेको छ । पाैष मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ४९ करोड ५० लाख रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, फण्डले विभिन्न प्रकारका ५९ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात २२ करोड ६२ लाख रुपैयाँ पुगेकाे छ । 

फण्डले प्रकाशन गरेकाे माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

No description available.

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको