Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी उन्नति कोषको न्याभ बढ्दा सेयर लगानी घट्याे

अर्थ संसार

सोमबार, ११ साउन २०७८, १४ : १७ मा प्रकाशित

लक्ष्मी उन्नति कोषको न्याभ बढ्दा सेयर लगानी घट्याे

लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले २०७८ साल असार मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

असार मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १४ रुपैयाँ ९२ पैसा पुगेको छ । उक्त मूल्य जेठ मसान्तकाे तुलनामा ७५ पैसाले बढेकाे हाे । जेठ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १४ रुपैयाँ १७ पैसा रहेकाे थियो ।

त्यसैगरी, असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ५२ करोड २४ लाख रुपैयाँमा झरेको छ । उक्त लगानी जेठ मसान्तकाे तुलनामा ६ करोड ३० लाख रुपैयाँले थाेरै हाे । जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ५८ करोड ५५ लाख रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, फण्डले विभिन्न प्रकारका ५३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ३८ करोड ४० लाख रुपैयाँ पुगेकाे छ । जेठ मसान्तसम्मकाे तुलनामा बढेकाे हाे । जेठ मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा २५ करोड ८७ लाख रूपैयाँ रहेकाे थियाे ।

फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरूलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । काेषले नगद लाभांश वितरण गर्नको लागि साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  त्यसैले साउन १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

फण्डले प्रकाशन गरेकाे असार मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

 

 

60fe743bd0c17.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको