Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी उन्नति कोषकाे ६६ वटा कम्पनीमा लगानी, न्याभ कति छ ?

अर्थ संसार

शुक्रबार, ११ चैत्र २०७८, १३ : ४२ मा प्रकाशित

लक्ष्मी उन्नति कोषकाे ६६ वटा कम्पनीमा लगानी, न्याभ कति छ ?

लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषले २०७८ साल फागुन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

फागुन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १२ रुपैयाँ ११ पैसामा झरेकाे छ । उक्त मूल्य माघ मसान्तकाे तुलनामा ४१ पैसाले घटेकाे हाे । माघ मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १२ रुपैयाँ ५२ पैसा रहेकाे थियो ।

त्यसैगरी, फागुन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी भने ४९ करोड ३४ लाख रुपैयाँ पुगेको छ । माघ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ४६ करोड ९८ लाख रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, लक्ष्मी उन्नति कोषले विभिन्न प्रकारका ६६ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे फागुन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

623d780060b94.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको