Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी उन्नत्ती कोषले आजदेखि लाभांश पठाउँदै, तपाईंकाे खातामा आएन भने के गर्ने ?

अर्थ संसार

मंगलबार, १९ साउन २०७८, ०९ : १९ मा प्रकाशित

लक्ष्मी उन्नत्ती कोषले आजदेखि लाभांश पठाउँदै, तपाईंकाे खातामा आएन भने के गर्ने ?

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नत्ती कोषले आज (साउन १९ गते, मंगलबार) बाट इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गर्ने भएकाे छ ।

काेषले नगद लाभांश वितरण गर्नको लागि साउन १३ गते एक दिनका लागि बुक क्लोज गरेको थियाे ।  त्यसैले साउन १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 आर्थिक वर्ष २०७७/७८ को लागि यस याेजनाकाे इकाईधनीहरूलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरिएकाे छ ।

फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ ।

काेषकाे योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हेर्नुहाेस् सूचना :

6108b98997000.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको