नेपालमा पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय बनेकाे छ । आइतबार साँझसम्म याे प्रणालीकाे सामान्य प्रभाव रहे पनि साेमबारबाट मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य भूभागमा मौसम सफा रहेको छ ।
दिउँसो पहाडी भूभागमा आंशिक बदली लगायत अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ । प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मंगलबार पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना आँकलन गरिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस