Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो तामाकोसीबाट ठेकेदारलाई फर्कन सकस

पत्रपत्रिका

विहीबार, १९ फागुन २०७८, ०८ : ०० मा प्रकाशित

माथिल्लो तामाकोसीबाट ठेकेदारलाई फर्कन सकस

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम पूरा भएको ७ महिना वितिसक्दा पनि ठेकेदार आयोजना स्थलबाट फर्कन पाएको छैन । काम पूरा भएपछि आयोजनाको संरचना बनाउन ल्याइएका मेसिन, उपकरणहरू फिर्ता लैजान नपाएपछि आयोजनास्थलमै आफ्ना सामग्रीको सुरक्षाका लागि ठेकेदारका प्रतिनिधि कुरिरहेका हुन्।

आयोजनामा ४ वटा अन्तर्राष्ट्रिय ठेकेदारले काम गरे । जसमा सिभिलततर्फ चीनको सिनो हाइड्रो कर्पोरेसन, हाइड्रो मेकानिकाल र प्रसारण लाइनमा भारतीय कम्पनीहरूटेक्सम्याको एण्ड रेलवे इन्टरनेशनल र केइसी इन्टरनेशनलका साथै इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सको काम अष्ट्रियन कम्पनी एन्द्रिज हाइड्रोले काम गरेका थिए । आयोजनाको सुपरीवेक्षण मूल्याङ्कनमा जर्मन र नर्वेको ल्यामेर/नरकन्सल्टले परामर्शदाताको रुपमा काम गरेका छन्।

एउटा ठेक्का लिएको ठेकेदारले अर्को ठाउँ लिएको ठेक्कामा काम सकिएका आयोजनास्थलबाट आफ्ना भएका यन्त्र, उपकरण र औजार लैजानुपर्छ । तर माथिल्लो तामाकोसीमा सबैभन्दा बढी औजार, उपकरण पनि सिनो हाइड्रोकै छ। यसले तनहुँको १४० मेगावाटको माथिल्लो सेती, रसुवाको २१६ मेगावाटको त्रिशुली र ७८ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको पनि ठेक्का पाएको छ ।

कारोबार दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको