Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोशीको हकप्रदमा हालसम्म २० प्रतिशत भन्दा कम आवेदन, साढे आठ अर्ब भन्दा बढीको आवेदन अझै बाकिँ

अर्थ संसार

विहीबार, ०४ असोज २०८०, १० : ५६ मा प्रकाशित

अप्पर तामाकोशीको हकप्रदमा हालसम्म २० प्रतिशत भन्दा कम आवेदन, साढे आठ अर्ब भन्दा बढीको आवेदन अझै बाकिँ

अप्पर तामाकोशीले निष्कासन गरेको हकप्रद सेयर भर्ने नियमित समय तीन दिन मात्रै बाकिँ रहदा पनि केवल १९.६३ प्रतिशत आवेदन परेको छ ।

भदौ १८ गते देखि खुलेको हकप्रद सेयरमा असोज ७ गते साँझ ५ बजेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले कायम चुक्ता पुँजी १० अर्ब ५९ करोडको शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कूल १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा बिहीबार बिहान १० बजेसम्म २ करोड ७ लाख ९८ हजार ९३ कित्ता सेयरका लागि मात्रै आवेदन परेको सिडिएससीले जनाएको छ ।

यस हिसाबले अझै साढे आठ अर्ब भन्दा बढीको आठ करोड ५१ लाख भन्दा बढी कित्ता हकप्रदमा आवेदन दिन बाकिँ नै रहेको छ । तर लामो समय पैसा होल्ड गराउनु भन्दा अन्तिमतिर हकप्रदमा आवेदन दिने लगानीकर्ताहरुको रणनीति रहेको बुझ्नसकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको