Like us!
Follow us!
Connect us!
Watch us!

बल्लबल्ल अपर तामाकोशी हाइड्रोपावरको हकप्रद भयो बाँडफाँड, नियमावलीको धज्जी उडे पनि धितोपत्र बोर्ड चुप

अर्थ संसार

शुक्रबार, २९ मंसिर २०८०, ०९ : ०३ मा प्रकाशित

बल्लबल्ल अपर तामाकोशी हाइड्रोपावरको हकप्रद भयो बाँडफाँड, नियमावलीको धज्जी उडे पनि धितोपत्र बोर्ड चुप

अपर तामाकोशी हाइड्रोपावरले सेयरधनीलाई खुलाएको हकप्रद सेयरको बल्लबल्ल हकप्रद बाँडफाँड गरेको छ। अपर तामाकोशी हाईड्रोपावरले सर्वसाधारणबाट उठाउने भनिएको अरबौं रकमलाई बन्धक बनाएको थियो। 

धितोपत्र बोर्ड नियमावलीको धज्जीस् अपर तामाकोशीको हकप्रद बाँडफाँड किन भएन ?

दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले भदौ १८ गते देखि खुला भएको बन्द हुने मिति असोज ७ तोकिएको थियो।  नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा तथा सन्राईज क्यापिटल लिमिटेडको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा एक सेयर र बराबर एक सेयर का दरले प्रति सेयर सयका अंकित दरको १०,५९,००,००० कित्ता हकप्रद सेयर जारी गर्दा बन्द हुने भनेर तोकिएको मितिमा पूर्ण आवेदन नपरेपछि अपरले हकप्रदको मिति असोज २२ लम्बायो । 

कति पर्यो आवेदन ?

बिक्री प्रबन्धकहरुहरुले दिएको जानकारी अनुसार कुल ६,४३,२९३ जना कायम साधारण सेयरधनीहरुबाट ५,१८,९१,००० कित्ता सेयर मध्ये भौतिक तथा सिआस्वा मार्फत आवेदन दिने ३,३५,२३० जना सेयरधनीहरुबाट जम्मा ३,४८,९७,३९६.३४ कित्ता सेयरका लागि दरखास्त प्राप्त भएको थियो। त्यसमध्य  १२२२ जना सेयरधनीहरुले जम्मा २५,९२६.३४ कित्ता हकप्रद सेयरको लागि बढी माग कित्ताको आवेदन रद्द गरिएको छ। त्यस पछ्यात सेयर बाँडफाँडमा समाबेश ३,४८,७१,४७० कित्ता हकप्रद सेयरको मंसिर २८ गते गरिएको छ। 

धितोपत्र बोर्डको नियमावलीको धज्जी

नेपाल धितोपत्र बोर्डको नियमावलीलाई समेत कम्पनी र बिक्री प्रबन्धकले धज्जी उडाएका थिए ।  सेबोनको धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ अनुसार हकप्रद सेयर बिक्री बन्द भएको मितिले बढीमा पन्ध्र कार्य दिनभित्र बाँडफाँड गरी सम्बन्धित लगानीकर्तालाई बाँडफाँड पत्र र फिर्ता भुक्तानी दिई सक्नु पर्ने व्यवस्था रहेको छ। तर असोज २२ गते बन्द भएको हकप्रद २८ मंसिरमा बाँडफाँड गरेर नियमको उल्ल्धन गरेको र सेयरधनीको ठूलो रकम होल्ड गर्दा पनि सेबोनले केहि गरेन। 

समयमै वित्तीय विवरण नबुझाउने कम्पनीलाई स्पष्टीकरण सोध्ने धितोपत्र बोर्डको यहाँ सर्वसाधारणको अर्बौ रकम बन्धक बन्दा ध्यान पुगेन । भोलिका दिनमा कम्पनी तथा बिक्री प्रबन्धकलाई अपरको उदहारण दिंदै लामो समय सम्म लगानीकर्ताको पैसा होल्ड गर्ने बाटो पनि दिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको