Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रदको प्रेसरले अप्पर तामाकोशीमा नकारात्मक सर्किट

अर्थ संसार

बुधबार, ३० फागुन २०८०, १३ : २५ मा प्रकाशित

हकप्रदको प्रेसरले अप्पर तामाकोशीमा नकारात्मक सर्किट

माथिल्लो तामाकोशी जलविद्युत लिमिटेडको शतप्रतिशत हकप्रद सेयर डिम्याट खातामा आएसँगै उक्त कम्पनीको सेयरमा नेगेटिभ सर्किट लागेको छ ।

आज बिहानै कारोबार शुरु हुनेबित्तिकै तामाकोशीको सेयरको बजारभाउमा १० प्रतिशतले गिरावट भएको हो । कम्पनीले १:१ अनुपातमा जारी गरेको हकप्रद सेयर केही दिन अघि नेप्सेमा सूचीकृत भएको थियो । माथिल्लो तामाकोशीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । शत प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

यस अनुसार अब कम्पनीको थप १० करोड ५९ लाख कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य भएको हो । करिब ७ लाख ४५ हजार कित्ता बिक्री हुँदा पनि अझै १५ लाख कित्ता सेयर बिक्री अर्डरमै रहेको छ । हाल उक्त कम्पनीको सेयर प्रति कित्ता १८३.६ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको