प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेको ४ वटा कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज फागुन २० गते अन्तिम दिन रहेकाे छ ।
क्यापिटलले फागुन १३ गते, शुक्रबारबाट नेशनल लाइफ इन्स्याेरेन्सकाे १ लाख कित्ता, नेपाल लाइफ इन्स्याेरेन्सको ५० हजार कित्ता, आइसीएफसी फाइनान्सको ४८ हजार कित्ता र नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता सेयर लिलामीमा ल्याएको थियाे ।
लगानीकर्ताहरूले नेशनल लाइफको सेयरमा न्यूनतम ३९० रुपैयाँ, नेपाल लाइफको सेयरमा ९०० रुपैयाँ, आइसीएफसी फाइनान्सको सेयरमा १९५ रुपैयाँ र नेपाल ग्रामीण विकास लघुवित्तको सेयरमा ३७५ रुपैयाँ न्यूनतम मूल्य राखेर आवेदन दिन सक्नेछन् ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस