रुसले अस्थायी युद्धविराम कार्यान्वयन नगरेको भन्दै मारिओपोबाट सर्वसाधारणलाई बाहिर लैजाने काम रोकिएको छ ।
स्थानीय अधिकारीले सर्वसाधारणलाई मारिओपोबाट बाहिर लैजाने काम स्थगित गरिएको जनाएका छन् ।
रुसी पक्षले अस्थायी युद्धविरामलाई लागू नगरेको आरोप लागेको छ । उक्त क्षेत्रमा बमबारी र निकासको क्षेत्रमा युद्ध भइरहेको जनाइएको छ ।
उनीहरूले नागरिकहरू फरकफरक ठाउँमा गएर आश्रय लिनुपर्ने भन्दै छिट्टै थप जानकारी दिइने समेत जनाएका छन् ।
त्यसअघि उक्त शहरका एक बासिन्दाले आफूले प्रत्येक तीनदेखि पाँच मिनेटमा एउटा बम पड्किएको आवाज सुनेको बताएको बीबीसीले उल्लेख गरेको छ । न्युज एजेन्सी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस