Like us!
Follow us!
Connect us!
Watch us!

१५ वर्षीया छात्रा बलात्कार गरेकाे आराेपमा एक शिक्षक पक्राउ

अर्थ संसार

सोमबार, २३ फागुन २०७८, ०७ : १३ मा प्रकाशित

१५ वर्षीया छात्रा बलात्कार गरेकाे आराेपमा एक शिक्षक पक्राउ

१५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा अर्घाखाँचीमा एक शिक्षक पक्राउ परेका छन् । 

मालारानी गाउँपालिकाको मावि स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।

शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात् अर्घाखाँची जिल्ला अदालतमा पेस गरिएको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको