Like us!
Follow us!
Connect us!
Watch us!

'वित्तिय ज्योतिषशास्त्रका अनुसार आज नेप्से र कारोबार दुबै बढ्ने'

बसन्त पाण्डे

सोमबार, २३ फागुन २०७८, १० : ५६ मा प्रकाशित

'वित्तिय ज्योतिषशास्त्रका अनुसार आज नेप्से र कारोबार दुबै बढ्ने'

चर्चित ज्योतिष डाक्टर सुनिल सिटौलाले आज सेयर बजार बढ्ने सम्भावना प्रबल रहेको बताएका छन। सूर्यको समयमा बजार खुल्ने र सूर्य स्फूर्ति र प्रसन्नताको ग्रह भएका कारण बजारमा सकारात्मक परिणाम नै आउने देखिएको र कारोबार रकम पनि बढ्ने सम्भावना रहेको उनको प्रक्षेपण छ।  

आफ्नो आधिकारिक फेसबुक पेजमा सिटौला लेख्छन,'आज नेप्से सूर्यको समयमा खुल्छ। सूर्य स्फूर्ति र प्रसन्नताको ग्रह हो। आज नेप्सेमा सकारात्मक परिणाम नै आउने देखियो। कारोबार रकम पनि बढ्नु पर्छ, अर्थज्योतिष शास्त्र अनुसार त !!!'

सिटौलाले हिजो आइतबार चन्द्रमा शुभ रहेकाले यो साता प्यानिक सेलर नआउने र बजार सकारात्मक हुने प्रक्षेपण गरेका थिए। नभन्दै गत बिहिबार प्यानिक भएर क्लोज भएको नेप्सेमा हिजो प्यानिक सेलिङ्ग देखिएन र थोरै अंकले मात्रै घटेर बजार क्लोज भयो। विगतमा सेयर बजारको सन्दर्भमा  उनले गरेका प्रक्षेपणहरु प्राय: मिल्ने गरेकाले उनको प्रक्षेपणहरु लाई लगानीकर्ताहरुले अर्थपूर्ण रुपमा लिने गरेका छन।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको