Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँडको स्थान र समय तय, भाग्यमानी ७७ हजार ४ सयले सेयर पाउने

अर्थ संसार

सोमबार, २३ फागुन २०७८, १५ : ४० मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँडको स्थान र समय तय, भाग्यमानी ७७ हजार ४ सयले सेयर पाउने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ)  बाँडफाँडको समय र स्थान तय भएको छ । उक्त आईपीओकाे बाँडफाँड भाेलि मंगलबार दिउँसाे एक बजेदेखि येलाे पेगाेडा हाेटल, जमल, काठमाडाैँमा हुने निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओको प्रि-अलटमेन्ट  आइतबार सम्पन्न भएकाे थियाे ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

संस्थाकाे आईपीओमा अन्तिम दिनसम्म २६ लाख १० हजार १ सय २७ जनाले ३ करोड २ लाख २४ हजार २ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा झण्डै ४० गुणा धेरै आवेदन हो । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले संस्थाकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५३ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी आवेदकको हात खाली हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको