Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड मोदी हाइड्रोपावरले डाक्यो साधारण सभा, लगानीकर्ताकाे हात खाली

अर्थ संसार

सोमबार, ०२ फागुन २०७८, १३ : २० मा प्रकाशित

युनाइटेड मोदी हाइड्रोपावरले डाक्यो साधारण सभा, लगानीकर्ताकाे हात खाली

युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा फागुन २६ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, हेरिटेज प्लाजा-२, कमलादी, काठमाडौँमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालककाे नियुक्ती गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । 

कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । त्यसैले कम्पनीका लगानीकर्ताहरूकाे हात खाली हुने भएकाे छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि फागुन ५ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

620a088987dfd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको