Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले डाक्यो साधारणसभा, थप संस्थापक सेयर निष्काशन गर्ने विशेष प्रस्ताव

अर्थ संसार

विहीबार, २६ फागुन २०७८, ०६ : ५० मा प्रकाशित

गरिमा विकास बैंकले डाक्यो साधारणसभा, थप संस्थापक सेयर निष्काशन गर्ने विशेष प्रस्ताव

गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको हिजो (फागुन २५ गते, बुधबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा चैत्र १८ गते, शुक्रबार होटल पोखरा ग्रान्ड, बिरौटा पोखरमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । गरिमा विकास बैंक र साहारा विकास बैंकका बिचमा हालै मात्र मर्जर भएकाले बोनसमा कुनै पनि कर नलाग्ने हुँदा नगद लाभांश नदिएको कम्पनीले जनाएको छ ।

साथै, बोनस शेयर जारी गर्दा दशमलव पछिको शेयर (Fraction Share) अंकलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने । (गरिमा विकास बैंक लिमिटेडमा साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकीकृत कारोबार गरिएको सन्दर्भमा प्रस्तावित लाभांशमा तिर्नु पर्ने कर मिति २०७८ कार्तिक २८ गते कायम शेयरधनीहरुको हकमा छुट पाउने भएकाले सो मिति भन्दा पछाडी दोस्रो बजारबाट शेयर खरिद बिक्री भई कायम शेयरधनीहरुले प्रस्तावित लाभांश बापत नियमानुसार तिर्नु बुझाउनु पर्ने लाभांश कर नगदै भुक्तान गर्नु पर्नेछ।)

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा रहेको व्यवस्था बमोजिम विकास बैंकको चुक्ता पुँजीको कम्तिमा ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक समूहका शेयरधनीहरुको हुनुपर्नेमा गरिमा विकास बैंक लिमिटेडमा साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई शेयर अभिलेखन हुँदा संस्थापक शेयरधनीहरुको स्वामित्व ५१ प्रतिशत कायम नहुने अवस्था सिर्जना भएकोले नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायको स्वीकृति प्राप्त गरी विकास बैंकले प्रस्ताव गरेको बोनश शेयर वितरण पश्चात कायम हुने कूल चुक्ता पुँजीको ५१ प्रतिशत संस्थापक शेयर कायम हुने गरी अपुग १०९,८११ कित्ता संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र ४ गतेदेखि चैत्र १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत्र २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको