Like us!
Follow us!
Connect us!
Watch us!

पलका म्यानेजर जोशी तनहुँ प्रहरीको नियन्त्रणमा

अर्थ संसार

शुक्रबार, २७ फागुन २०७८, १८ : ५९ मा प्रकाशित

पलका म्यानेजर जोशी तनहुँ प्रहरीको नियन्त्रणमा

एक बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ परेका नायक तथा मोडल पल शाहका म्यानेजरलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ  । 

पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव निरीक्षक युवराज खड्काले पुष्टि गरे । शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नियन्त्रणमा लिएको उनले बताए । ‘अनुसन्धानका लागि उहाँलाई पनि नियन्त्रणमा लिएका हौं’, उनले  पुष्टि गर्दै भने । 

अन्तिम पटक पलले ती बालिकालाई तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा करणी गरेको भन्दै बालिकाको अभिभावकले उजुरी दिएका थिए । उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गिरफ्तारी दिएका थिए । 

उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकोमा गत मंगलबार तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैँडाकोट पुर्‍याएको छ । त्यहाँ पनि तिनै बालिकाले उजुरी दिएपछि अनुसन्धानका लागी गैँडाकोट प्रहरीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको