Like us!
Follow us!
Connect us!
Watch us!

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, १५ : २९ मा प्रकाशित

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 

गत फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप भएको म्याद आज सकिएको छ । मुद्दाको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले म्याद थपका लागि सरकारी वकिलको कार्यालय मार्फत अदालत समक्ष पेश गरेको थियो । 

तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिन थप समय दिएको थियो । तर, अनुसन्धान नसकिदैं नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएको थियो । जसले गर्दा तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको थिएन । नवलपुर लगिएका कारण थपिएको समयमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको लागि अदालतसँग अनुरोध गरेको थियो ।   

पलसँगै उनका म्यानेजर कृष्णप्रसाद जोेशीलाई पनि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

यता नवलपुर जिल्ला अदालतमा भने शाहविरुद्ध अभियोगपत्र दर्ता भइसकेको छ । तनहूँ प्रहरी हिरासतमै रहेका बेला नवलपुर लगिएको थियो । नवलपुर प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्दै हिजो सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो । 

अभियोग पत्रमा शाहलाई १२ देखि १४ वर्ष जेल सयाजको माग दाबी गरिएको छ । अब तनहुँमा अनुसन्धान सकिएपछि थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको