Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार

शनिबार, २८ फागुन २०७८, ०७ : ३३ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । सूचिकृत सेयर मध्यमा जाल्पा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको आईपीओ हो भने चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको बोनस सेयर र गरिमा विकास बैंक लिमिटेडले साहारा विकास बैंक लिमिटेडलाई १ः१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ७.५ प्रतिशत बोनस बापतको ४७ लाख १० हजार ५ सय ५४ दशमलव ४२ कित्ता सेयर सूचिकृत भएको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७र७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि हालको चुक्तापुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

गरिमा विकास बैंक लिमिटेडले साहारा विकास बैंक लिमिटेडलाई १ः१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको २७ लाख २२ हजार ७ सय ६ दशमलव ०४ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बिहीबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे २६ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । 

नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम न्युनतम एक सय ६७ रूपैयाँ ४३ पैसादेखि अधिकतम ५ सय २ रुपैयाँ २९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । कम्पनीले काराेबारका लागि RULB सिम्बाेल पाएकाे छ ।

नेप्सेमा शुक्रबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे १६ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे ।  कम्पनीले काराेबारका लागि JALPA सिम्बाेल पाएकाे छ ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय ६४ रूपैयाँ ६० पैसादेखि अधिकतम ४ सय ९३ रुपैयाँ ८० पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको